रवि लामिछानेले पाए सफाई



न्युज अफ नेपाल, काठमाडौं ।
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका टेलिभिजन कर्मी रवि लामिछानेलगायतकालाई चितवन जिल्ला अदालतले आइतबार सफाई दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलगायत प्रतिवादी बनाइएको तीनै जनालाई सफाई दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाई सरकारले गत भदौ ८ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा लामिछानेलगायत अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई प्रतिवादी बनाइएको थियो ।
यस अघि थुनछेकको क्रममा लामिछानेलाई पाँच लाख र कँडेललाई ३ लाख रुपैयाँमा रिहा गरिएको थियो । रुकुलाई भने साधारण तारेखमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्