नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलद्वारा राजीनामा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष खरेलले राजीनामा बुझाएका हुन् । खरेल गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्