नेकपा, राजपा र संघीय समाजवादीबीच दुई बुँदे सहमति



न्युज अफ नेपाल, काठमाडौं ।

दुई बुँदे सहमति भएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल संघीय समाजवादी पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार नेपाल संघीय समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनमा नेकपा(राजपा गठबन्धनका उम्मेदरवारहरुलाई समर्थन गर्नेछ ।

नेकपा र राजपाले यसअघि नै चुनावी तालमेल गरेर प्रदेश २ का चार सिटमा २–२ उम्मेदवार उठाएका छन् । नेकपाले महिलातर्फ तुलसाकुमारी दाहाल र दलिततर्फ राधेश्याम पासवान तथा राजपाले अन्यतर्फ मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यकतर्फ शेखरकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।

तीन दलबीच आगामी दिनमा राजनीतिक सहकार्य जारी राख्ने सहमति पनि भएको छ । प्रदेश २ को प्रदेशसभामा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्