४३ र ५३ ग्रेड सिमेन्टको नेपाल गुणस्तर मापदण्ड तोकियो, लागत बढ्न सक्ने व्यवसायीको गुनासो



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले सिमेन्टको नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । शुक्रबार बसेको गुणस्तर परिषदको १०२औं बैठकले नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गर्ने निर्णय गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्राविधिक समितिबाट सिफरिस गुणस्तर अनुमोदन गरेको हो । हाल प्रयोजनमा रहेको ३३ ग्रेडको ओपीसी सिमेन्टलाई यथावत राख्दै उच्च गुणस्तरको दुई ग्रेडको सिमेन्टको नेपाल मापदण्ड निर्धारण गरिएको छ ।

सरकारले तोकेको नयाँ मापदण्डले उत्पादन लागत बढ्ने गुनासो व्यवसायीको छ । ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन भईरहे पनि सरकारले गुणस्तर तथा ग्रेड नतोकिदिँदा नेपाली उद्योगले आफ्नो उत्पादनमा सो कुरा उल्लेख गर्न पाएका थिएनन् ।

नेपालमा विदेशीले निर्माण गर्ने ठूलो आयोजनाहरुमा उक्त ग्रेडको सिमेन्टको माग अत्याधिक हुने गरेको छ । नेपालमा ग्रेड र गुणस्तर नतोकिँदा भारतबाट त्यस्तो सिमेन्ट नेपालमा आयत हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्