गोकर्ण रिसोर्टको जग्गा मलाई देऊ, यतीले भन्दा ५० करोड बढि दिन्छु’



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले यती होल्डिङ्सले दिएको भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै गोकर्ण रिसोर्टको जग्गा आफुलाई लिजमा दिन प्रस्ताव गरेका छन् ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै रायमाझीले भने, ‘सरकारका मन्त्रीज्युहरु उपस्थित हुनुहुन्छ, सम्माननीय अध्यक्षज्यू र माननीयज्यू सबैलाई साक्षी राखेर म भन्न चाहन्छु, त्यो रिसोर्ट जति पैसामा दिएको छ, त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । के सरकार दिन तयार छ मलाई ?’

उनले भने, ‘ तर सरकारले दिँदै दिँदैन, किन दिँदैन भने त्यहाँ ५० करोडभन्दा बढीको अनियमितता भएको छ ।’

सरकारले हालै मात्र सम्झौता अबधि झण्डै ६ वर्ष बाँकी रहँदा नै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई भाडा थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । यसका अलावा यती होल्डिङ्स कम्पनीले नेपाल ट्रष्टका थुप्रै जग्गा भाडामा लिएर व्यापार व्यवसाय गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्