१४ फेब्रुअरीमा लगनगाँठो कस्दै चर्चित गायिका नेहा कक्कड



ऐजेन्सी । भारतीय चर्चित गायिका नेहा कक्कडको विवाह हुने कुरा बाहिरिएको छ । नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झासँग नेहाको विवाह हुन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा नेहा र आदित्यका आमाबुबा आएपछि सो कुरा फैलिएको हो । आमालाई देखेर नेहा आदित्य खुशीले नाचेँका थिए ।

दुवै जनाको आमाबाबु कार्यक्रममा उपस्थित भएसँगै विवाहको कुरा चलेको बताइएको छ । स्रोतका अनुसार उनीहरुले १४ फेब्रुअरीमा लगनगाँठो कस्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्