चाइनिज पेस्तोल र ७ राउण्ड गोलीसहित दुई पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

चाइनिज पेस्तोलसहित धनुषाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरीले जनाएको छ ।

चाइनिज पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र १ थान म्याग्जिनसहित उनीहरुलाइृ शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.१४ च ७४५९ नम्बरको कारमा सवारी उनीहरुले जनकपुर उपमहानगरपालिका १ भानुचोकमा ज।९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए । दुर्घटनापछि कारमा चेकजाँच गर्दा प्रहरीले उक्त हतियार फेला पारेको थियो ।

कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक महोत्तरी पिपरा गाउँपालिका ५ बस्ने २० वर्षीय पारस कुमार यादव र मोटरसाइकलमा सवार हंसपुर नगरपालिका(२ बकचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डललाई उपचारका लागि धनुषा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्