सुनको मूल्य २ सयले बढ्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

आइतबार सुनको मूल्य दुई सय रुपैँयाले बढेको छ ।

शुक्रबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ ।

चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्