सपरिवार त्रिशुलीमा हाम फालेका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा



न्युज अफ नेपाल, काठमाडौँ ।

ऋणको बोझ थाम्न नसकेर श्रीमती र दुई जना नाबालक छोरासहित त्रिशुली नदीमा हाम फालेका विनय लामिछानेविरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

चन्द्रागिरी नगरपालिका थानकोटकमा बसोबास गर्दै आएका ३८ वर्षीय लामिछानेले गत बिहीबार बेलुका २८ वर्षीया श्रीमती जमुना तथा २ वर्षीय र ६ महिनाका छोरासहित सपरिवार धादिङको बनीघाट रोराङ गाउँपालिका–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका थिए । विनयलाई जीवितै उद्दार गरिएको थियो भने श्रीमती जमुनाको शव फेला परेको थियो । यस्तै उनका २ छोराहरु भने अझै बेपत्ता छन् ।

प्रहरी नियन्त्रणमा रहेका लामिछानेले कमोडिटी व्यापारमा करिब डेढ करोड रुपैयाँ घाटा भएपछि सपरिवार आत्महत्या गर्ने निर्णय गरेको जनाएका छन् ।

अझै बेपत्ता रहेका दुई बालकको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्