७ लाख नगदसहित ११ जुवाडे पक्राउ



न्युज अफनेपाल, ललितपुर ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका(१३ झरुवारासी बस्ने केदार राउतको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नितेश थापा सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत चापागाँउबाट खटिएको प्रहरीले नगद ७ लाख १३ हजार ३ सय ७२ रुपैयाँ र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्