ओली र दाहालले लगाए सभामुखको टुंगो, सचिवालय बैठक ४ बजे



न्युज अफ नेपाल, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको उम्मेदवार टुंगो लगाएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालले पूर्व माओवादीका तर्फबाट नेता अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ । यसबारे आधिकारिक जानकारी भने आएको छैन ।

दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्