आस्था खोज्दै प्रहरी



न्युज अफ नेपाल, काठमाडौं ।

अभद्र व्यवहारमा गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेसँगै उनलाई प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको छ ।

गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था प्रमुख जिल्ला अधिकारीले गर्न सक्ने अधिकार रहेको एसएसपी सुवेदीले बताए ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।
राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

विमानस्थलमा खटिएकी प्रहरी जवान रमीता श्रेष्ठले आस्थाविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्