फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व



हेटौंडा, (नेस)।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको पाँचौं साधारणसभा तथा तेस्रो महाधिवेशनबाट हेटौंडेली व्यवसायी रामप्रसाद न्यौपाने अध्यक्षमा सर्वसम्मत् निर्वाचित हुनुभएको छ।

चितवनको सौराहमा भएको महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनबाट न्यौपानेको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनुभएको हो।

महाधिवेशनले संघ वरिष्ठ उपाध्यक्षमा सुजिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सहदेव अर्याल र तृतीय उपाध्यक्षमा मथुराकुमार जोशी, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा हरिकुमार राजभण्डारी, सचिवमा राजकुमार दाहाल, सहकोषाध्यक्ष दिनेशकुमार अग्रवालसहित गरी ९ पदाधिकारीलाई निर्वाचित गरेको छ।

महासंघको ८ केन्द्रीय सदस्यमा हरिकुमार शर्मा, अशोक कुँवर, प्रेमबहादुर थापा, बद्रीप्रसाद हुमागार्इं, कृष्णप्रसाद अधिकारी, वीरञ्जना घिमिरे, खगेन्द्र खरेल निर्वाचित हुनुभएको छ। महाधिवेशनमा देशका ३० जिल्लाका करिब २ सय प्रतिनिधिकोे सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्