भूकम्प सुरक्षा प्रदर्शनीमा जगदम्बा सिमेन्टको सहकार्य



काठमाडौं, (नेस)।

नेपाल सरकार तथा एनसेट नेपाल (नेसनल सोसाइटी फोर अर्थक्वेक टेक्नोलोजी–नेपाल) द्वारा काठमाडौंमा आयोजना गरिएको ‘भूकम्प सुरक्षा प्रदर्शनी’ मा जगदम्बा सिमेन्टले सहकार्य गरेको छ।

‘भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ, जगदम्बा सिमेन्टको’ भन्ने मर्मका साथ प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथै कसरी सुरक्षित निर्माण बनाउने भन्ने जानकारी प्रदान गरेको थियो।

‘भूकम्प प्रतिरोधात्मक बनाउनुहोस् आफ्नो नयाँ घर’ पुस्तिका जगदम्बा सिमेन्ट प्रयोग विधि जस्ता पुस्तिका वितरण गरी आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छडलगायत निर्माणमा प्रयोग हुने वस्तुको छनोट, भण्डारणसम्बन्धी जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्