उत्कृष्ट शिक्षिकाले राष्ट्रपतिसामु घुँडा टेकिन्



वासिङ्गटन, (एजेन्सी)।

गत वर्ष अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित पुरुस्कार वितरण समारोहमा पिछडिएका समुदायको सहयोग कार्यमा व्यस्त रहनु परेकाले आफूलाई दिइएको ‘वर्ष शिक्षकको उपाधि थाप्न जान नसकेकी एक शिक्षिका यस वर्षको कार्यक्रममा विवादमा मुछिएकी छन्।

अमेरिकाको एक फुटबल मैदानमा आयोजित कार्यक्रमको बेला राष्ट्रिय गान बजिरहँदा ४६ वर्षीया उत्कृष्ट शिक्षिका केल्ली होल्स्टाइन राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प सामु घुँडा टेकेकी थिइन्।

मिन्नेसोटा निवासी उनी त्यहीँकै महिला तथा पुरुष समलिंगी हकहित तथा अधिकार समूहअन्तर्गतको शैक्षिक समानता आउटफ्रन्ट मिन्नेसोटाका निर्देशक पनि हुन्।

गतवर्षको पुरुस्कार विजयी तथा मिन्नेसोटाको साकोपिका पूर्व अंग्रेजी भाषा शिक्षक उनी सोमबार न्यु ओर्लियन्सको कलेज फुटबल मैदानमा सो पुरस्कार थाप्न उपस्थित भएकी थिइन्।

शुरूमा आफ्ना अन्य सहकर्मीसंगै ट्रम्पदेखि केवल १५ फिट टाढा उभिएकी उनले चर्चित गायक लरेन डेगलले राष्ट्रिय गीत गाउना साथ भुँइमा घुँडा टेकेकी थिइन्।

उनले याहु लाइफस्टाइललाई यसबारे भनेकी छन्, ‘हामीलाई राष्ट्रिय गीत बज्दा छातीमा हात राखेर उभिन बताइएको थियो। वास्तवमा घुँडा टेकेर बस्नु भनेको राष्ट्र र सेनालगायत पिछडिएका मानव जातिलाई पनि सम्मान र समर्थन गर्नु भन्ने बुझिन्छ।’

प्रतिक्रिया दिनुहोस्