देशप्रेम : हाम्रो गौरव, हाम्रो स्वाभिमान



अच्युतप्रसाद पौडेल ‘चिन्तन’

हरेक वर्षको पुस २७ गतेलाई हामी नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै उनको नाम लिएर सम्झना गर्ने गर्छौं। भीमसेन थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता वीर शहीद र वीर गोर्खालीहरूको रगतले लेखिएको हाम्रो जस्तो इतिहास, नौलो विश्वमा विरलै पाइन्छ।

राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाह जस्ताको नाम लिँदै केही समययतादेखि ठूला औपचारिक कार्यक्रम भने हुन सकेका छैनन्। पछिल्ला दिनहरूमा नाम चलेका व्यक्रिहरूका नाममा अस्पताल, मेडिकल कलेज, शालिक, अन्य ठूला संस्थाहरू होडबाजीकै रूपमा जन्माएर आ–आफ्नो दुनो सोझ्याउन तयार भए पनि विशाल नेपालको किल्ला, सिमाना निर्धारण गर्दै आफ्नो पूरै जीवन देशका लागि आहुति गर्नेको नाम लिन हामी हिच्किचाइरहेका छौँ।

अब एक–अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ। विदेशी संस्कृतिले बढी प्रश्रय पाउन थालेको छ। बत्ती बालेर पूजा गर्नुको सट्टा बत्ती निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रिएको छ। खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभूषा सबै विदेशी संस्कृतिमय बनेको छ। वैवाहिक जोडीको संस्कृतिभन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ।

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ’ भन्ने गीतलाई भुलिरहेका छौँ। आधुनिक हातहतियार तयार भइसकेको युगमा वीरहरूले केवल नेपाली परम्पराको शैलीमा रहेर पनि आफ्नो इज्जत धानेको हाम्रो इतिहास बताउँछ। बहादुर शाहको केरुङ व्यापारदेखि उनले नेपालको सीमा वृद्धिमा गरेको योगदान आज इतिहासमा सीमित भइरहेको छ।

सुगौली सन्धिपछिको हाम्रो सिमाना पनि हामीले सुरक्षित गर्न नसकेका बग्रेल्ती उदाहरण तेर्सिएका छन् अहिले। सिमाना धेरै विवाद आउँदा हामी यसै हेरी बसेका छौँ।देशभक्त बालकृष्ण समले भनेका थिए, ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि, विश्व मानचित्रमा हाम्रो भूगोल सानो भए पनि हाम्रो स्वाभिमान कम छैन विश्व इतिहासमा।’

सुगौली सन्धिपछि कायम भएको मेची–महाकाली भूगोल हामीले दरिलो र भरिलो बनाउनै पर्छ। सीमा विवादको प्रसँग खुलेर बाहिर आएको छ। भाइचाराको सम्बन्ध दक्षिण हाम्रो मितेरी साइनो मजबुत हुनुपर्छ।

सुगौली सन्धिपछि मुलुकमा भक्तिधाराको प्रवाह बढेको हो। भानुभक्तले रामायणलाई त्यत्तिकै लोकभाषामा उजागर गरेका होइनन्। राष्ट्रियताको मियो राजनीतिमै हुन्छ।

केही दशकयतादेखि राजनीति रंगकर्मीहरूको थलो बनेको छ। भारतीय जमिन खासगरी दिल्ली सानोतिनो झरीमा पनि दिल्लीको छाता नओढी सुख छैन। यताबाट निर्वासित हुँदा होस् वा स्वतन्त्र जीवन यापन गर्दा होस्, भाषा–संस्कृतिले डोर्याएर होस् वा सामाजिक परिवेश बिहावारी, लेनदेन, आर्थिक लेनदेन, बजार विविधीकरण या भनौं धार्मिक, सांस्कृतिक परिवेशले नेपाल–भारतको सम्बन्ध पुरानै युगदेखि प्रगाढ रहिआएको छ।

उत्तरतिर भृकुटीको नामले र दक्षिणतिर सीताको नामले पनि धार्मिक, अध्यात्मिक क्षेत्र, नारायणी, विश्वनाथ होस् या पशुपतिनाथ, चारै धाम होस् या द्वादश ज्योतिर्लिंग, पिण्ड पानीदेखि मुक्तिक्षेत्रसम्म, जनकपुर होस् या अयोध्या सबैतिर नाम नलिई सुख छैन। गान्धी, नेहरू, पुराना–नयाँ पुस्तादेखि मोदी युगसम्म नेपाल–भारतको सम्बन्ध चिसो–तातो, गर्मी–ठण्डा, आरोह–अवरोह हुँदै लामो इतिहासदेखि हालसम्मको धरातलमा आइपुगेको छ।

मजासँग चल्दै आएको तातोपानी व्यापार नाका लामो समयदेखि लगभग बन्द छ। काठमाडौँ–केरुङ बाटो साह्रै असजिलो छ। कसरी हो कुन्नि हाम्रा वीरबहादुर शाहले केरुङ–कुतीसम्म व्यापार सहज बनाए। हालै पंक्तिकारलाई काठमाडौं रसुवाअन्तर्गत गल्छी, त्रिशूली, बट्टार बाटो गाडीमा छिचोल्न न्वारनदेखिकै बल प्रयोग गर्नुपरेको अनुभव छ।

भूपरिवेष्ठित भूमिको कारण मात्र राष्ट्रियता कमजोर भएको होइन। राष्ट्रियता भन्नु भूगोल मात्रै होइन। मुटु पनि हो। मायाविना मुटुको धड्कन चल्न सक्दैन। माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो। नेपाल अरूको उपनिवेशमा परेन तर आर्थिक औपनिवेसिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातीत संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्यामगुर्लुम ढालेको छ।

मुलुकमा रोजगारी छैन। स्वेच्छा वा विवशताले नेपालीहरू विदेशिएका छन्। आयातीत सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं। मुलुकको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पाङ्ग्रा हुन जरुरी छ। भूमिको कुरा माथि भयो।

भूमिमा पनि कहिले टनकपुर र महाकाली सन्धिको कुरा छ, कहिले चाँदनी दोधाराको, कहिले लिपुलेकको, कहिले कोशी सम्झौताको, कहिले त्रिवेणी–सुस्ताको, कहिले मेची सिमानाको।

मुलुक बहुआयामिक संस्कृतिको धनी छ। तर मुलुकभित्रको संस्कृतिमा अब धमिरा लाग्न शुरू भएको छ। सबै संस्कृतिलाई धेरै पूmलहरू मिलाई एउटै धागोमा बाँधेर माला बनाएझैँ रंगीन र हराभरा बनाएझैँ एकसूत्रमा आबद्ध थियो पहिले।

अब एक–अर्काप्रति अविश्वासको संस्कृति हुर्केको छ। विदेशी संस्कृतिले बढी प्रश्रय पाउन थालेको छ। बत्ती बालेर पूजा गर्नुको सट्टा बत्ती निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रिएको छ।

खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभूषा सबै विदेशी संस्कृतिमय बनेको छ। वैवाहिक जोडीको संस्कृतिभन्दा पारपारचुकेको संस्कृति भित्रिरहेको छ। विदेशीहरूले यहाँको मौलिक संस्कृतिलाई लोप गराई राष्ट्रियतामाथि धावा बोलिरहेका छन्। नजानिदोरूपमा भन्दा मन्द विष खुवाइरहेका छन्।

जनतालाई सार्वभौम गराउनु पर्छ तर बोलीले मात्रै होइन, यो व्यवहारले पनि हुनुपर्छ। मौलिक अधिकारको पुलिन्दा कागजमा लेखेरमात्र हुँदैन, व्यवहारमा कति छ गोविन्द केसीदेखि निर्मलाहरू नै जानून्। नेताहरूको निहित स्वार्थभन्दा नीतिले नै सञ्चालित हुनुपर्छ मुलुक।

सत्ताको शिखर सगरमाथा वा पदको शिखरत्व र ठूलाहरू अधिकार सम्पन्न हुनुपर्छ, सगरमाथा चढ्नु राम्रो कुरा हो तर सगरमाथामै घर बनाएर बस्नुहुन्न अर्थात् पद र प्रतिष्ठा सदावहार सधैँ रहन्न कसैमा पनि।

हिरण्याक्ष, हिरण्यकशिपु, रावण र दुर्योधनहरूले पनि संसार हाम्रो हो भनेका थिए। रावणको लंका जल्यो, द्वारका शहर पनि समय पुगेपछि डुब्यो। नेपालमा एक किसिमको द्वन्द्व कायमै छ।

राजनीतिक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेको छैन। दिगो विकास र समृद्धिका लागि मुलुकको आफैं चिनारी हुन जरुरी छ। भाषिक औपनिवेशिकता छ यहाँ, भर्खरै बोली सिक्न लागेको बच्चाले पिता, माता वा हजुरबा भन्न जान्दैन। उसले भन्न जान्दछ डेडी, ममी। कुकुर भन्न जान्दैन, पपी भन्छ।

काका–काकी भन्दैन, अंकल–अन्टी भन्छ। अन्य मुलुकका आफ्नै भाषा छन्। हाम्रो सिद्धान्त र व्यवहारमा आकाश–जमिनको फरक छ। भन्छौं एकथरी, गर्छौं अर्कै। बोलीमा निरन्तरता छैन। मानव चित्कार छ, कुण्ठा छ, बेमेल छ, विसंगति छ, बेचैनी छ, बेरोजगारी छ, बेवास्ता छ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ, पैसाको खेल छ,।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’को उखान चरितार्थ छ। तर उनीहरूलाई थाहा छैन, आकाशलाई पनि बादलले ढाक्न सक्छ, सूर्य–चन्द्रलाई पनि ग्रहण लाग्न सक्छ, समुद्र सुक्न सक्छ, हावा रोकिन सक्छ, सुमेरु पतन हुन सक्छ। तारामण्डलको तारामा गनिन नसक्ने एक मानव धर्तीको अगाडि केही होइन। तारालाई बादलले आफ्नो आँचलभित्र लुकाउन सक्छ।

नोट र भोटमा किनबेच हुने मनहरू तरंगित हुन सक्छन्। पद क्षणिक हो, प्रशंसा क्षणिक हो, प्रतिष्ठा क्षणिक हो। पेसा क्षणिक हो। पवर्गमा पर्ने पद कार्यालय रहुन्जेल मात्र काम लाग्छ, प्रतिष्ठा उसको समाज हुन्जेल मात्र, पैसा उसलाई घटनाले साथ दिउन्जेल मात्र, पुत्र–पुत्री, परिवार पनि उसको शरीर हुन्जेल मात्र।

अपवर्गको पुण्यकार्यले भने बाँचुन्चेल मात्र नभई मरिसकेपछि पनि काम दिन्छ। त्यसैले त गीताले भनेको छ, क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति भनेर।व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर ऊसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्व मानचित्रमा मुलुक नेपाल सानो छ, शून्य दशमलव शून्य तीन प्रतिशत भूमि बोकेको छ यसले।

तर यसको सगरमाथा, यसले अँगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत–साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृजना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एकमात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, यर्पटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिक, विश्वमै चिनिएको वीर गोर्खाली नेपाली कहिल्यै उपनिवेशको छायामा नपरेको स्वाभिमानी जनता, बहुभाषिक एकता, धर्म र संस्कृतिमा पखेरामा हुर्केका समाज, पाहुनालाई देवतासरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरू छन् यस मुलुकमा।

युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशै आशाको त्यान्द्रोमा बसिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ। वन पैदावार, जडीबुटीको खानी हो मुलुक।

उपयोग गर्न, उत्खनन गर्न, उपभोग गर्न सकिएको छैन। हामी भिक्षार्थी भएका छौं। शुद्ध पिउने पानीको सधैँ हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा पुगेको छैन, पानीबाट उत्पादन हुने विद्युत्को संकट खेपेको खेप्यै छौं हामी।

हो, हाम्रो बोलीमा सत्यभन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झुट धेरै छ, कृषिमा हाम्रै मलखाद र बीउबीजनले भन्दा रासायनिक मल र हाइब्रिड बीउले प्रश्रय पाएका छन्। यी भनाइ कुनै अन्ध राष्ट्रभक्ति होइन, कपाल घामले मात्रै होइन कामैले फुल्नुपर्योे, अस्तु।

 

प्रतिक्रिया दिनुहोस्