हामी नेपाली सबै एक हुनुपर्छ



हाम्रा जनप्रतिनिधिहरू जो देशको बागडोर सम्हालिरहेका छन्, उनीहरू मात्रै एकढिक्का हुन सकेमा कसैको केही जोर चल्नेवाला छैन। वर्तमान अवस्थाको कुरा गर्दा एउटा जाबो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान अर्थात् अमेरिकाले दिने अनुदानका सर्तहरूमा नेतृत्ववर्ग भुलिरहेको छ। ५० अर्ब रुपियाँ नेपालको लागि ठीक छ तर त्यसमा कुनै षड्यन्त्र त लुकेकै छ भन्ने कुरा नेताहरूले बुझ्नु जरुरी छ।

आजकल सित्तैमा त कसैले गाली गर्दैन। अमेरिका जस्तो मुलुकले कुनै न कुनै मिसन राखेर नै त्यस्ता खाले सर्तहरू राखेको हुन सक्छ। तर यहाँ साशकहरू नै बिकाउ हुने समस्याले गर्दा विदेशीहरूले नेपाललाई क्रीडास्थल बनाउने खतरा छ।

त्यसकारण समयमै जनता सजग नहुने हो भने भोलि विकराल समस्या निम्तने खतरा छ। त्यसैले त्यसपूर्व नै होसियारी अपनाउनु बुद्धिमानी हो। समयमै हेक्का नराख्ने हो भने हाम्रो देश सिरियाजस्तो बन्न बेर लाग्दैन। त्यसैले यस विषयमा हामी एकढिक्का हुनै पर्छ।

– प्रतिक ढकाल, नयाँ बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्