प्रथम अकियास फुटसल ज्याङदे युथ सोसाइटी धुन्चेलाई



सरस्वती न्यौपाने, रसुवा ।
जिल्लामा सञ्चालित प्रथम अकियास फुटसल ज्याङदेन युथ सोसाइटी धुन्चेले हात पारेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकियास) को आयोजनामा सञ्चालन भएको उक्त फुटसल शिक्षा, स्वास्थ्य, खेलकुद, साँस्कृतिक र पर्यटन विकासका क्षेत्रमा युवा वर्गलाई समावेश गरी समाजको सर्वकालिन हितको लागी अग्रसर बनाउने उद्देश्यले जिल्लामै पहिलो पटक फुटसल प्रतियोगिता गराइएको अकियासका अध्यक्ष निवेश श्रेष्ठले बताउनु भयो ।

पौष २८ देखि जिल्लाका पाँचै वटा गा.पा. समावेश हुने गरि खेलाइएको फुटसल शनिबार सम्पन्न भएको हो । फुटसलमा ज्याङदे युथ सोसाइटी प्रथम भएको थियो भने, द्वितिय ड्रिम युथ, तृतिय थण्डर ब्वाइज स्याफ्रु रहेका छन् । प्रथम, द्धितिय र तृतियलाई नगद १५हजार, ८ हजार र ५ हजार नगदसहित प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै नृत्य प्रतियोगिता समेत भएको थियो । अबका दिनमा रसुवामा फुटसल खेलको विकास गर्दै लैजानका लागी यो भन्दा राम्रो गरिने संस्थाको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्