एक दर्शन मोटरसाइकलमा आगजनीे, प्रहरीले गर्‍यो हवाई फायर



न्युज अफ नेपाल, सोलुखुम्बु ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको लाम्मानेमा करिब एक दर्शन मोटरसाइकल जलाइएको छ । सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा शनिबार गर्ने भनिएको विद्युतको केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रममा जानेहरुको ११ ओटा मोटरसाईकल र एउटा बोलेरोमा स्थानीय तिङलाबासीले आगो लगाएका हुन ।
हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्धघाटन गर्न लागेको भन्दै स्थानीयले कार्यक्रम बहिस्कार गरी विहानै देखि प्रर्दशन गरेका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

जिल्लाका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । झडपमा केहि घाईते पनि भएका छन् । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि अतिथिहरू तिङलाबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।

झडप पछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । तिङ्लावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्