एमसीसीमा पार्टीको एक मत हुन्छ– प्रबक्ता श्रेष्ठ



न्युज अफ नेपाल, पर्वत ।
सत्तारुढ नेपाल कम्युनिष्ट(नेकपा)का सचिबालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्र हितमा हुने गरी पार्टीको सचिबालयले एकमतले पारित गर्ने निर्णय हुने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचनको पुर्ब सन्ध्यामा जिल्ला दौडाहामा निस्कनु भएका श्रेष्ठले पर्वतको कुस्मामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा राष्ट्रलाई अहित नहुने पार्टी सचिबालयमा एकमत हुने दाबी गर्नुभएको हो ।
पार्टीका सचिबालय र स्थायी समितिका सदस्यहरुले समेत एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रबक्ता श्रेष्ठले अहिले मत बिभाजनको अबस्था देखिएपनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गर्नुभयो । ‘ एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ’ उहाँले भन्नुभयो ‘पार्टी सचिबालयले एकमतले नै पारित गरेर अघि जान्छ’
उहाँले कुनै पनि नेता कार्यकर्ताले एमसीसीको विषयमा तनाव लिन आवस्यक नभएको प्रष्ट पार्नुभयो । सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताउनुभयो । ‘महाकालीबाट पाठ सिकेकाले राष्ट्रहितमा निर्णय हुन्छ’ उहाँले भन्नुभयो ‘एमसीसी अन्ध सर्मथन वा विरोध गर्ने भन्दा मनन गरी धारणा बनाउनुस ।’
उहाँले मुलुकमा दुई ठुला कम्युनिष्ट पार्टीको एकताका बिषयमा अहिले केही कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै एकतामा समस्या आउने हो भने पार्टी मात्रै नभई राष्ट्रिय स्वाधिनता समेत खतरामा पर्छ भन्नुभयो । ‘दुई पार्टीको एकता राष्ट्रिय आबश्यकता थियो’ उहाँले भन्नुभयो ‘कथमकदाचित एकता भंग हुने अबस्था आउने हो भने राष्ट्रिय स्वाधिनता नै खतरामा पर्छ’ पार्टीमा केही बिषयमा बिबाद र छलफल हुनु स्वभाबिक भएको बताउँदै प्रबक्ता श्रेष्ठले पार्टी एकतालाई अझै बलियो र बिश्वासिलो बनाउन सबै नेता कार्यकर्ताले आफुँलाई तयार पार्न जरुरी छ भन्नुभयो ।
समाप्त माघ ४

प्रतिक्रिया दिनुहोस्