इरानकी एक मात्रै महिला ओलम्पियन किमियाले देश छाड्ने



लन्डन, (एजेन्सी) । इरानको एक मात्रै महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छाड्ने निर्णय गरेकी छन् ।

२१ वर्षीया किमियाले सोको जानकारी सोसल मिडियामा गरेकी हुन्, जसको अनुसार उनी ईरानमा पाखण्डी, झूठ, अन्याय र चापलुुसीको भागीदारी बन्न चाहेकी छैनन् । उनले स्वयम इरानका लाखौं सताएकी महिलामध्ये एक रहेकी मानेकी छन् । तर इरानको मिडियाको समाचारमा जनाएअनुसार उनी प्रशिक्षणको क्रममा नेदरल्यान्डस्मा हुन सक्नेछिन् ।

किमियाले सन् २०१६ मा रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जितेर इतिहास रचेकी थिइन् । उनले १८ वर्षको उमेरमा ५७ केजी तौलमा स्विडेनकी निकिता ग्लासनोभिचलाई ५–१ अंकले हराउँदै कांस्य पदक जितेकी थिइन् । उनलाई लाग्यो कि इरानका अधिकारीले उनको सफलतालाई प्रोपोगान्डा सामग्रीको रुपमा प्रयोग गरेका थिए । उनले सो कुरा सोसल मिडियामा पोस्ट गरेकी थिइन् ।

उनले लेखेकी थिइन—मैले उनीहरुले जे भने त्यसलाई माने । उनीहरुले भने अनुसार चलेँ । हामीहरु त सामग्री जस्तै भएका छौं।

तर सन् २०२० मा किमिया इरान छाड्ने पहिलो खेलाडी भने होइनन् । दुई साता अघि मात्रै दुई जना इरानी चेस खेलाडी खेलाडीले आफ्नो मातृभुमि छाडेका थिए, ती हुन् शोहरेह बायात र मिट्रा हेजाजीपुर । उनीहरुले इरान बाहिर देशमा भएको प्रतियोगितामा हिजाब फुकालेका थिए । बायात एसियाका एक मात्र ग्रेड ए आर्बिटर हुनुका साथै इरानको खेलकुद महासंघकी पहिलो महिला महासचिव पनि थिए ।

बायातले शाघाई महिला विश्व च्याम्पियनसिप २०२० मा हिजाब नलगाएकी उनको तस्वीर पनि पोस्ट गरेकी थिइन । उनले जससँगै इरान नफर्कने बताएकी थिइन् । जब तस्वीरहरु पहिलो पटक देखा पर्‍यो, बायातकी बाबुले उनकी छोरीको हिजाब दुर्घटनावश झरेको थियो भनेर बताएका थिए । उनकी बाबुले अहिले बताए कि बायात इरानमा उनको क्रियाकलापसँग भइरहेको घटनाबाट दुःखित भएको र अर्को देशमा बस्न खोजिरहेकी छिन् ।

यसैगरी जनवरी २ मा इरान चेस महासंघले भेटेरान महिला खेलाडी ग्रान्डमास्टर मिट्रालाई हिजाब फुकालेको भन्दै महासंघबाट निकालेको थियो । उनले मास्कोमा भएको विश्व र्‍यापिड र ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब फुकालेकी थिइन् । हालमा फ्रान्समा बसिरहेकी उनले भनिन्—म इस्लामिक गणतन्त्रको राष्ट्रिय टिममा स्थान छैन ।

यस्तै गत वर्षको अन्त्यमा विश्व नम्बर दुई जुनियर खेलाडी एलीरेजा फिरोउजाले इरान भएर पनि फिडेको झण्डाअन्तर्गत् भाग लिएकी थिइन् ।

राजनीतिक कारण

राजनीतिक कारणले समेत इरानी खेलाडीहरु बेला बेलामा प्रतिबन्धित भएका छन् । इजरायलका खेलाडीसँग भिडन्त गर्नु पनि इरानमा अपराध गरे सरह हुने बताइएको छ । इरानले इजरायललाई राज्यको रुपमा हेरेको छैन । कुश्तीबाज एलीरेजा करिमी माचीयानीले सन् २०१७ मा भएको यु २३ विश्व सिनियर कुश्ती प्रतियोगितामा जितिरहेका थिए । रुसी खेलाडी अलीखान जाब्राइलोभमाथि उनको जित पक्कै थियो । पछि उनका प्रशिक्षक हामीडे«जा जम्शीदीले अर्को बाउटमा इजरायलको खेलाडीसँग खेल्नु पर्ने थाहा भएपछि करिमीले हार्नु भनेर चिच्याएका थिए ।

यो घटनापछि विश्व कुश्ती महासंघले करिमीलाई ६ महिना र जम्शीदीलाई २ वर्ष प्रतिबन्ध लगाएको थियो । इरानको कुश्ती महासंघका प्रमुखलाई पनि राजीनामा दिन लगाएको थियो ।

त्यस्तै सैयद मोलाइले सन् २०१८ मा जुडो विश्व प्रतियोगितामा ८१ केजी तौलसमूहका विजेता थिए । सन् २०१९ मा टोक्योमा उपाधि रक्षा गर्नु अगाडि नै उनलाई रुसका ओलम्पिक च्याम्पियन खासान खालमुर्जाएभविरुद्धको खेल परित्याग गर्न दवाव दिएको थियो । उनले इजरायलका सागी मुकीसँग फाइनलमा खेल्नु थियो । तर मोलाइले अस्विकार गरेका थिए । यद्दपि उनी सेमिफाइनलमा बेल्जियमका माथियास क्याससँग हारे । पछि सो विधामा मुकी विजेता बनेका थिए ।

यस घटनापश्चात मोलाइले उनी र उनका परिवारका लागि सुरक्षाबारे डर भएको बताएका थिए । ‘म फाइटर हुँ ’ उनले त्यतिबेला बताए । ‘ मैले प्रतिस्पर्धा गरेँ । म त्यो देशमा बसेको छुँ जहाँको कानुनले मलाई यस्तो खेल्न अनुमति दिँदैन। हामीसँग विकल्प छैन, सबै खेलाडी यस्तै स्थितिमा छन् ।’

मोलाइले सजायको भागीदारी हुनुको सट्टा इरान नै फर्केनन् र युरोपमा गएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्