उदयपुरको जंगलमा मानव कंकाल भेटियो



न्युज अफ नेपाल, उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका १६ सुकौरा गाउँ नजिकैको जंगलमा मानव कंकाल भेटिएको छ ।

घास दाउराका लागी जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर पाए लगत्तै प्रहरी टोली छानबिनका लागी उक्त स्थानमा पुगेको छ ।

जंगलबीचमा रहेको अप्ठेरो ठाउँमा कंकाल रहेको प्रहरीले जनाएको छ । कंकाल तीन चार महिना पुरानो हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । कंकाल नजिकै केही कपडाका टुक्रा फेला परेको छ ।

भेटिएको कंकाल पुरुष वा महिला भन्ने कुरा भने अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्