अन्पूर्ण आधार शिविरबाट उद्दार गरिएका ६ जनालाई पोखरा ल्याइयो



न्युज अफ नेपाल, कांस्की ।

अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइँदैछ ।

उद्धार गरिएका उनीहरुलाई मौसममा आएको सुधारसँगै पोखरा ल्याइएको हो । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको थियो ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्