अन्नपूर्ण आधार शिविरमा घुम्न गएका ४ जना बेपत्ता, १ जनाको जिवितै उद्दार



न्युज अफ नेपाल, पोखरा ।

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उहाँले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिनुभयो ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको बताउँदै उहाँले उक्त टिममा अन्य नेपाली पनि हुनसक्ने बताउनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्