अस्पतालको चरम लापर्वाहीले ३ नवजात शिशुको मृत्यु



सुभेन्द्र दास,  लाहन ।

ईलाका प्रसासन कार्यलय लहानका प्रमुख कमलराज भन्डारीको संयोजकत्वमा गठित छानबीन समितिले अस्पतालको चरम लापर्वाहीका कारण तीन जना शिशुको मृत्यु भएकोे निस्कर्ष सहितको प्रतिवेदन सिरहाका प्रमुख जिल्लाअधिकारी गोपालकुमार अधिकारी समक्ष बुझाएको छ  ।

गतपुष १८ गते शुक्रबार राति अस्पतालमा चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पिडितले प्रशासनमा उजुरी दिएपछि सत्य तथ्य छानबीन गर्न समित गठन गरेको थियो ।

सप्तऋषी अस्पतालले डा. शुनिल बिराजी अस्पतालमा कार्यरत नरहेको बताउदै आएको थिायो । तर समितिले बिराजी अस्पतालमै कार्यरत रहेको विभिन्न प्रमाणहरु फेला पारेको छ ।

शल्यक्रियामा संलग्न चिकित्सकले मेडिकल काउन्सिलको जाँच पास नगरेका बिराजीले शल्यक्रिया गरेका तीनै जना शिशुको ज्यान गएकोे समितिको निस्कर्ष छ । योग्यता नपुगेका बिराजीले शल्यक्रिया गरेको दिन अस्पतालका डाक्टर रन्जिता जैसवाल बिदामा रहेको तथ्य फेला परेको छ । जैसवाल बिदामा रहेको भएपनि फाईलमा हस्ताक्षर जैसवालकै रहेकोे समितिका संयोजक भन्डारीले जानकारी दिनु भयो ।

प्रतिबेदन बुझ्दै सिरहाका प्रमुख जिल्ला अधिकारीे गोपालकुमार अधिकारीले सप्तऋषी अस्पतालमा अयोग्य चिकित्सकले प्रसुति गराउने गरेको तथ्य पाइएको बताउनु भयो । छानबीन समितिले अध्यायन अनुसंन्धानका क्रममा भेटाएका अस्पतालका त्रुटी कमजोरीलाई अध्यायन गरेर ,सम्बन्धित ब्यक्तिलाई कार्बाही गरिने अधिकारीले बताउनुभयो । चिकित्सकले मेडिकल काउन्सिल जाँच पास नगरेको , नक्कली सर्टि्पिकेट लगायतका बिषयमा पनि थप अनुसंन्धान गर्ने बताउनुभयो । नेपाल मेडिकल काउन्सिललाई थप छनबीनका लागि सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

सप्तरीको बलान बिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरहीगाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवा नन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका थिए । उनीहरु तीनै जनाले एकै रातमा जन्मदिएका शिशु गमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्