विश्वकै होचो व्यक्तिको रेकर्ड बनाएका खगेन्द्र थापामगरको निधन



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वकै होचो व्यक्तिको रेकर्ड बनाएका बाग्लुङका खगेन्द्र थापामगरको निधन भएको छ ।

मुटुमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएका थापाको २८ वर्षको उमेरमा निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाको साथसाथै थापालालाई मुटुको समस्या देखापरेको जनाइएको छ ।

खगेन्द्रको उचाइ ६७ दशमवल ०८ सेन्टिमिटर मात्र थियो । खगेन्द्रको रेकर्ड ५४ दशमवल ६ सेन्टिमिटर उचाइ भएका नेपालकै चन्द्रबहादुर डाँगीले तोडेका थिए ।

२०७२ भदौमा डाँगीको मृत्यु भएपछि अहिले विश्वकै होचा व्यक्तिको रकेर्ड फिलिपिन्सका जुनरे बालाविङको नाममा छ। उनी ५९ दशमवल ९३ सेन्टिमिटरका छन्।

प्रतिक्रिया दिनुहोस्