तीन महिनादेखि बेपत्ता युवतीको शव गाडिएको अवस्थामा भेटियो



न्युज अफ नेपाल, लमजुङ ।

तीन महिनादेखि बेपत्ता एक युवतीको शव गाडिएको अवस्थामा भेटिएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ६ को ठूलीबेसी घर भई बेसीशहर नगरपालिका–७ मा डेरा गरी बस्दै आएकी सुशीला अधिकारीको बेसीशहर नगरपालिका– १० स्थित भाचोक गाउँ नजिकको जंगलमा शव भेटिएको हो ।

अधिकारी जनविकास मावि कक्षा– ९ मा अध्ययनरत थिइन् । इन्द्रेणी सामुदायिक वन उपभोक्ता समितिले वन सरसफाइ गर्ने क्रममा गाडेको अवस्थामा शव फेला पारेको थियो । घटनाको खबर पाएको प्रहरीले शव उत्खनन गरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएको जनाएको छ ।

शवसँगै फेला परेको सेतो जुत्ता, पाइन्ट, भित्रि वस्त्र र कपालका आधारमा मृतककी आमा पुजा अधिकारीले पहिचान गरेको प्रहरीले बताएको छ ।

सुशीला गत असोज २४ गतेबाट हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्