यूएईको बस दुर्घटनामा परी तीन जना नेपाली महिलाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

यूएईको आबुधाबीमा बिहीबार भएको बस दुर्घटनामा परी तीन जना नेपाली महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानकी भावना कनवार (पासपोर्ट नम्बर ०७२०१८१९०), बाराकी अमिशा मोक्तान तामाङ (पासपोर्ट नम्बर ०९६७८४७५० ) र झापाकी कृष्णकुमारी अधिकारी (पासपोर्ट नम्बर ०८५७२३९४०) रहेका छन् ।

२५ जना सवार बसमा १७ जना नेपाली महिला रहेका थिए । दुर्घटनामा बस चालक पाकिस्तानी नागरिकसहित ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्