पहिरोका कारण हेटौँडा-काठमाण्डौँ सडकखण्ड अवरुद्ध



न्युज अफ नेपाल, हेटौंडा ।

वर्षापछि गएको पहिरोका कारण हेटौँडा-काठमाण्डौँ सडकखण्ड अवरुद्ध भएको छ ।

बिहीबारदेखि लगातारको परेको वर्षापछि गएको पहिरोका कारण हेटौँडा- काठमाण्डौँ सडकखण्ड अवरुद्ध भएको हो । दक्षिणकाली मन्दिरनजिकै पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोले गर्दा द्वै तर्फबाट गइरहेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्