मुगुमा जीप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते



न्युज अफ नेपाल, मुगु ।

सोरु गाँउपालिका वडा नम्बर ७ कुलाहामा जीप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाह गाउँका र्धम बहादुर मल्ल, लिब्रु गाउँकी कमला शाही, नुवाकोट गाउँकी दर्शना देबी शाही, राष्ट्रिय बाणिज्य बैंक सोरुकोट शाखाका लेखापाल तेजिन्द्र आर्चाया, जुम्ला जिल्लाकी उशा भण्डारी र जिप चालक प्रकाश बश्याल रहेको छन् ।

सोरुकोटबाट सिपतर्फ जाँदै गरेको लु १ ज ३९५३ को जीप शुक्रबार दिउँसो १ बजे सडकबाट अन्दाजी ४५ मिटर तल खसेर दुर्घटना भएको हो ।घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्