चिनियाँ पर्यटक बोकेको बस चितवनमा दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते



न्युज अफ नेपाल, चितवन ।

चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ रामनगरमा ११ बजे दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक सहित ३१ जना घाइते भएका हुन् ।

पोखराबाट सौराहा जानका लागि आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बोकेको बस सोही दिशातर्फ गुडिरहेको लु २ ख ३३०५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

ट्रकमा ठक्कर खाएपछि बस सडक छेउको स्थानिय होमबहादुर मगरको घरमा ठोक्किन पुगेको थियो ।

घाइतेमध्ये दुई जना अवस्था गम्भीर रहेको छ भने मृतकको सनाखत भएको छैन् । घाइतेको चितवन मेडिकल कलेज,पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्