हिमपातका कारण केरूङ नाकामा कन्टेनर रोकिए



सरस्वती न्यौपाने रसुवा ।

विहिवारदेखि परेको हिमपातका कारण रसुवागढि नाका हुदै चिनको केरूङ नाकाबाट आयात निर्यात ठप्प भएको छ ।

निरन्तर परेको वर्षा र हिमपातका कारण लोड भएको सवारीपनि ओहोर दोहोर गर्न सकेका छैनन् ।

विहिवार पाँचवटा ट्रक लोड भएका थिए तर हिउँ पर्न नरोकिएपछि दिउँसोदेखि लोडको काम रोकिएको स्थानीय व्यापारी पुरूषोतम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ६० वटा सवारी लोड हुने तयारीमा छन् ।

हिउँले सवारीसाधन चिप्लने डर भएकाले रसुवागढि लगायत ठोङसा, पाङसिङ जस्ता स्थानमा चिनियाँ पक्षले सवारी साधन सन्चालनमा रोक लगाएको छ ।

अहिले हिमपात भइरहेका कारण कन्टेनर सन्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्