कृषि विकास बैंकलाई ऋणपत्र जारी गर्न अनुमति



कृषि विकास बैंकले साढे २ अर्ब रुपियाँको ऋणपत्र जारी गर्न अनुमति पाएको छ। बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

बैंकले उक्त इकाईमध्ये १० लाख सर्वसाधारणका लागि खुला गर्नेछ भने बाँकी इकाई संघसंस्थालाई बिक्री गर्नेछ।वार्षिक १० दशमलब ३५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ।

यो ऋणपत्र २०८३ परिपक्क हुनेछ। यसको बिक्री प्रबन्धक एनआईबीएल एस क्यपिटल रहेको छ। यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एलए रेटिङ दिएको छ।

यसको अर्थ यो ऋणपत्र न्यून जोखिम रहेको जनाउनछ नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा वाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्