सिटिजन्स बैंकद्वारा कम्बल वितरण



सिटिजन्स बैंक इन्टरनेसनलले सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निःसहाय व्यक्तिलाई कम्बल वितरण गरेको छ।

न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिलाई सानो पाइला नामक गैरसहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १५० थान कम्बल वितरण गरेको हो।

सिटिजन्स बैंक इन्टरनेसनलले ८५ वटा शाखा, ८६ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्