समृद्धिका लागि नेपालमा कृषि–पर्यटन



प्रा.डा. प्रेम शर्मा

विसं. २०१३ देखि शुरू भएको योजनाबद्ध विकास प्रक्रिया, भौगोलिक अवस्थिति र ६५ प्रतिशत ग्रामीण जनता कृषिमै आधारित भएका कारण सरकार तथा योजनाविद्हरूको विचारमा नेपालको रूपान्तरण कृषिबाट नै सम्भव हुन्छ भन्ने स्पष्ट देखिन्छ। तर नेपालको विकासमाविगतका १४ वटा आवधिक योजनाहरूले कृषि क्षेत्रलाई प्राथमिकीकरणमा अग्रस्थान दिएतापनि उपलब्धि हासिल गर्न सकिएको छैन।

सरकार श्रमशक्ति विदेश पठाउन मित्र राष्ट्रहरूसँग श्रम सम्झौता गर्छ तर विदेशमा सीप, शिक्षा र अनुभव हासिल गरेको श्रमशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण र कार्यक्रम गर्दैन। हालसम्म श्रम मन्त्रालयमा कति युवाशक्ति के–के काम गरेर स्वदेश फर्केका छन्, उनीहरूलाई कस्तो सहयोगको वातावरण सिर्जना गरियो भने नेपालमै स्वरोजगार गर्न सक्छन् भन्ने रेकर्ड छैन। खासै उत्साहित हुने किसिमका नीति तथा कार्यक्रम पनि छैन।

कृषि विकास मञ्त्रालय, विभाग, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, विकास साझेदारहरू, सरकारी, गैरसरकारी एवं निजी कृषि विकासकर्मीहरूलाईआफ्नो लक्ष्यअनुरूपको प्रगति नहुनुका कारणको जानकारी नै नहुनु अथवा जानकारी भएर पनि व्यवस्थापन गर्न नसक्नु लापरबाही हो। यस्तो उद्देश्य प्रतिकूल परिणाम देखा पर्नुलाईध्यान नपुर्याएको र बेवास्ता गरेको भन्नुपर्दछ।

कृषिप्रधान देशमा कृषिको राष्ट्रिय गार्हस्थ्य उत्पादन (जीडीपी)मा नगन्य योगदान जम्मा ३१.७ प्रतिशत मात्रै रहेको छ। कृषि उत्पादनकोआन्तरिक खपत र निर्यातको प्रचुर बजार सम्भावना भएकोमुलुक आज युवाशक्ति विदेश पलायन गराएर विप्रेषणले चल्नुपरेको छ। यो विसंगति र विकृति किन भैरहेको छ ? खोजको विषय छ।

कृषिको व्यावसायिक उत्पादन, बजारीकरण र नेपाली श्रमको सही अध्ययन विश्लेषण गर्न नसक्नु नै यसकोप्रमुख कारण हो। यो स्थिति कहिलेसम्म ? अब समय धेरै टाढा छैन, नेपाल र नेपालीको समृद्धि कृषिबाटै सम्भव छ। जलस्रोत र पर्यटन विकास मात्रै होइन, कृषिको पर्यटकीय विविधीकरण गर्दै केही व्यवस्थापकीय सुधारबाट समृद्धिको बाटोमा पाइला अगाडि बढाउन सकिन्छ।

यही प्रसंगमा आज सानो उदाहरण, कृषि–पर्यटन विकासका केही आयाम र सम्भावनाहरूबारे चर्चा गरौं। प्रचुर सम्भावना बोकेको नेपालकोपर्यटन क्षेत्रको योगदान जीडीपीमा मुस्किलले ४ प्रतिशत छ। ६५ प्रतिशत कृषिमा आधारित नेपाली, रोजगारबाट ३१.७प्रतिशत र वैदेशिक रोजगार एवं विप्रेषणबाट प्राप्त हुने २९.११ प्रतिशत योगदानले धानेको अर्थनीति र गाउँघरको खर्चोपर्चो गुजाराले हामी आत्मनिर्भर कहिले हुने ?

त्यसैले छोटो समय तथा कम लगानीमा गाउँघरमा बसेर सहज तरिकाले गर्न सकिने राम्रो आम्दानी र आर्थिक रूपान्तरणको माध्यम हो कृषि–पर्यटन। कृषि–पर्यटन व्यवसायले स्थानीयरूपमानै रोजगारी सिर्जना गर्दछ, स्थानीय स्रोत–साधनको पहिचान, उपयोग, परिचालनर बजारीकरण गर्दछ। कृषि–पर्यटनको विकासले युवाशक्ति विदेशिनबाट धेरै हदसम्म रोक्छ। कृषि–पर्यटन एक स्थायी रणनीति हुन सक्छ।

कृषि–पर्यटनका आयामहरू धेरै छन्। नेपालमा नेपालको भूसंरचना र हावापानी समुद्री सतहबाट ६० देखि ८८४८ मिटर उचाइसम्म रहेकाले संसारका सबै भागमा उत्पादन हुने सबै प्रकारका कृषि तथा पशुपालन सम्भव छ। उत्तर र दक्षिणका मित्रराष्ट्रहरूमा हाम्रो उत्पादनले राम्रो बजार पाउन सक्छ।राजनीतिक झगडा र अस्थिर सरकारको समस्या समाधान भैसकेको छ।

लगानी मैत्रीवातावरण बन्दै छ, विदेशमा भन्दा स्वदेशमा युवाशक्ति र वैज्ञानिकहरूको अवसर धेरै छ। सिर्फ मानवीय पुँजीको विकास, नयाँ विकासका गतिविधिहरू– जनचेतना र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता छ। हामीलाई लाग्छ,जाँगर छ, आँट छैन। उत्पादन हुन्छ, बजार यहाँ छैन।श्रमशक्ति छ, रोजगारीमूलक व्यवसाय छैन। पैसा छ, उद्यमशील सीप छैन।

यस्ता समस्याको समाधानतर्फ, योजनाविद् तथा विकासकर्मीहरू अनभिज्ञ देखिन्छन्। अब यो क्रम र भ्रम भंग हुनेछ। समृद्धि र सुखी जीवनयापनतर्फ नेपाली प्रस्थान गर्नेछन्।विगतमा कृषि क्षेत्रमा स्वदेशी तथा विदेशी धेरै प्रयासहरू भए। ब्रिटिस सरकारको प्रयासमा लुम्ले र पाख्रिबास, जर्मन सहयोगबाट तनहुँको खैरेनीटार, इजरायलबाट नवलपरासी र बाँकेमा कृषि विकास तथा पशुपालनका प्रयासहरूभएका थिए।

साप्रोस नेपाल, सिप्रेट, नार्क आदि अनुसन्धान तथा प्रवद्र्धन गर्ने निकायहरू व्यापक ढंगले संलग्न थिए। ठाउँ–ठाउँमा खोलिएका बालीनाली तथा पशु विकास फर्महरू अनि मत्स्य पालन केन्द्रहरूले नमुना देखाए, खुलाए। तर व्यावसाय गर्न र बजारीकरणको ज्ञान सिकाउन सफल भएनन्।

आज निजी क्षेत्र वा व्यक्ति विशेषको अगुवाइमा सहकारी, निजी उद्यम व्यवसायले यो क्षेत्रको आवश्यकतालाई बुझ्न थालेको छ र अगाडि ल्याएको छ। सरकारले यिनै व्यवसायीहरूको समस्या बुझ्दै, लगानी प्रोत्साहन, बजार व्यवस्थापन, बिचौलिया नियन्त्रण गरी गुणस्तर उत्पादनमा ध्यान पुर्याइदिए निर्बाधरूपमा समृद्धिको मार्ग अघि बढ्नेछ।

सरकार श्रमशक्ति विदेश पठाउन मित्र राष्ट्रहरूसँग श्रम सम्झौता गर्छ तर विदेशमा सीप, शिक्षा र अनुभव हासिल गरेको श्रमशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने वातावरण र कार्यक्रम गर्दैन। हालसम्म श्रम मन्त्रालयमा कति युवाशक्ति के–के काम गरेर स्वदेश फर्केका छन्, उनीहरूलाई कस्तो सहयोगको वातावरण सिर्जना गरियो भने नेपालमै स्वरोजगार गर्न सक्छन् भन्ने रेकर्ड छैन।

खासै उत्साहित हुने किसिमका नीति तथा कार्यक्रम पनि छैन। यद्यपि विदेशबाट फर्केका युवाशक्तिले स्वस्फूर्त नयाँ उद्योग व्यवसाय शुरू गर्न थालेका छन्। त्यसैलेसरकारले लगानी वातावरण बनाइदिने रबजार व्यवस्थापन गरिदिने अवसरको खोजीतथा योजना निर्माणमा पहल गर्नु आवश्यक छ।

नेपालमा कृषि–पर्यटनले केही मौलिक उत्पादनहरू गर्न थालेको छ। भक्तपुरको जुजुधौ अनिरानीपौवा, ककनी, नुवाकोट र भुजुङखोलाको ट्राउट माछाले प्रसिद्धि कमाएको छ। थकाली भान्छा र नेवारी खाजाले स्वदेशी तथा विदेशी पाहुना तानेको छ।टीकापुरको केराका झन्डै ४० थरी व्यञ्जन, साँगाको लप्सीको माडा, दक्षिणकालीको खुवाले आन्तरिक पर्यटनको राम्रो विकास गर्न थालेको छ।

स्वदेशको केरा र माछाको उत्पादनले नभ्याएर भारतको माछा र केरालाई जनकपुर, कोशी, मलेखु, चिसापानी कर्णालीका माछा भनेर पाहुनालाई खुवाउनुपरेको छ। पहाडी जिल्लाका सुन्तला र स्याउले आन्तरिक माग पूरा गर्न नसकी चीन र भारतबाट आयात गर्नुपरेको छ। चीनमा २ लाख पर्ने चौंरी हाम्रो सीमामा क्वारेन्टाइनको अभावले ६०–७० हजारमा बिकेको छैन।

चौंरी, याक, घोडा, खच्चड आदिलाई ढुवानीको साधान बनाउँदै आएकोमा अबगाडीको सुविधा भएपछि यस्ता साधन प्रयोगविहीन हुँदै छन्। यस्ता वस्तु छिमेकी राष्ट्र चीनमा राम्रो भाउमा बिक्री हुन सक्छन्।रोल्पाको किसानले उत्पादन गरेको ट्रो–फल, डोल्पा–जुम्लाको केसर स्फुफल र गुच्ची च्याउ,यार्सागुम्बा, दोलखा रललितपुरका किबी उत्पादन,सित्तै बनबाट गेडा जम्मा पारेकोचिउरीको घिउ अहिले पनि लाखौँ रुपियाँमा रोल्पा तथा दैलेखका मानिस युरोपतिर निर्यात गर्छन्।

करेसाबारीमा उत्पादन हुन थालेको एभोकाडोको अन्तर्राष्ट्रिय बजार मूल्य के छ ?९९ प्रतिशत हामी नेपालीलाई थाहा छैन।केरा प्रायः संसारभरि खाइन्छ। यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। केराका ४ दर्जन परिकार, थाम, रेसा र बुंगोबाट समेत विभिन्न परिकार बन्छन्।

आलुलाई तरकारी वा अचार मात्र बनाएर खाइन्छ। आलुबाट थप५० प्रतिशत नाफा कमाउने लेज, चिप्स, फ्रेन्च फ्राई, बनाएर खुवाउने र निर्यात गर्ने परिकार बनाउनुपर्यो। भैंसीको मासु (बफ), झोल (डयगु), वाला वा फ्राइड ड्राई (सुकुटी) गरी खाइन्छ तर यस्ता वस्तुको विकास, विविधीकरण र प्रवद्र्धन गर्नुपर्यो।

भारतको दालजन्य पदर्थबाट उत्पादित हल्दिरम भुजियालेविश्वमा धमाका मच्चाएको छ। चौधरी ग्रुपको वाइवाई चाउचाउले आन्तरिक र अन्तर्राष्ट्रिय बजारपाएको छ।हाम्रा ६ हजार खोलानालाका ट्युना, ट्राउट, प्राउन र राजबाम उत्पादनलाई प्रवद्र्धन किन नगर्ने ?

आफ्नो कलाकौसल, भेषभूषा, संस्कृतिले थारु होमस्टेहरूमा पर्यटकको घुइँचो लाग्ने गरेको छ। दालभात, साग, मासु र अचार प्रायः सबैको भान्छामा पाक्ने गर्छ तर थकालीको आतिथ्यकला र गलाले मोह किन गराउँछ ? बुझ्नुपर्दछ।

हामीकहाँ स्थानीयरूपमा उत्पादित वस्तुहरूको प्रोसेसिङ, आइटम विविधीकरण, बजारीकरण गरी गाउँघर एवं दूरदराजका पर्यटकीय गन्तव्य स्थलहरूमा पाहुनाहरूलाई पस्किन सकेउनीहरू कति खुशी हुन्थे?

खच्चडले खाने मकै कतै बिक्न नसकेको अवस्थामा पपकर्न, कर्नफ्लेक्स, कर्नफ्लोर, कोदोको तोम्बाकेकर पाई बन्ने घरेलु उत्पादनलाई आधुनिकीकरण गरेर प्रवद्र्धन गर्नु जरुरी छ।

स्थानीय उत्पादन लत्याएरनिम्नकोटीको चाउचाउ, अमेरिकाको मुरली मकैबाट बनेको पप्कन आयात गर्नुपर्दाहामी दुःखलाग्दो अवस्थामा छौं। नर्थ फ्रेस टाँसेर चीनबाट आयात गरेको गार्मेन्ट्सभन्दा राम्रो, बलियो नेपालमै बन्न थालेका छन् त। यसको प्रवद्र्धन किन नगर्ने ?

पर्यटन विकासमा खासगरी कृषि पर्यटनबारे हामीले हाम्रा नेपाली पहिचानयुक्त प्रचलन र व्यवहारका सीप, ज्ञान, शिक्षा र त्यसमा थप प्रविधिलाई अंगिकार गर्न सकेका छैनौं। हामी ठूला गफ दिन्छौं तर आफूसँग भएको स्रोत–साधन प्रयोग गरी उत्पादन गर्दैनौं।

एक रातमा अनेक तन्तुबाट करोडपति बन्ने चाहना राख्छौं। अराजकता र दण्डहीनताको फाइदाबाट मुक्त भएका राजनीतिकर्मीको अनुकरण गर्न चाहन्छौं तर दिगो र सरलबाटोबाट स्वावलम्बनको मार्ग अपनाउँदैनौं।

विदेशको डलरभन्दा स्वदेशको रुपियाँको महत्व बुझ्दैनौं। त्यसैले हाम्रो सोच, व्यवहार र काम गर्ने तौरतरिकामा आमूल परिवर्तन आउनु आवश्यक छ।नेपालको कृषि–पर्यटनको आयाम एवं क्षेत्रमा व्यवसाय र बजार अथाहा छ।

उपयुक्त वातावरणको सिर्जना गर्ने काम सरकारको रउद्यम व्यवसाय सञ्चालन गर्ने काम निजी क्षेत्रको हो। निजी र सरकारी क्षेत्र मिलेर, नयाँ शिराबाट कृषि र पर्यटन मिलाएर कृषि–पर्यटनको विकासबाट नै देशको समृद्धि सम्भव छ।कृषि–पर्यटनबाट नै नेपालको रूपान्तरण सम्भव छ।

 

प्रतिक्रिया दिनुहोस्