गर्भपतन गराउने किन बढे ?



स्वास्थ्य जथा जनसंख्या मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन हेर्ने हो भने, ४२ प्रतिशत जनताले मात्रै सुरक्षित गर्भपतन गर्ने गरेको पाइनुले पनि महिलाको जनस्वास्थ्यमा गम्भीर असर परेको देखिन्छ।

नेपालको कानुन तथा चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भपतन गर्न पाइँदैन। तर नेपालमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण अवैध गर्भ बोक्ने महिलाको संख्या बढ्दो अवस्थामा रहेको र सामाजिक कारण अवैध गर्भ तुहाउने काम बढ्दो अवस्थामा रहेकाले पनि लुकिछिपी गर्भपतन गराउँदा महिलाको ज्यान नै जोखिममा पर्ने गरेको पाइन्छ।

पैसा आउने लोभमा केही स्वास्थ्य संस्थाले जस्तोसुकै गर्भ भए पनि गर्भपतन गराउन सकिने भन्दै महिलामाथि खेलबाड गर्ने गरेको देखिएकाले यस्ता अवैध काम नियन्त्रणमा राज्यले ध्यान दिनु जरुरी छ।

गर्भपतन गराउनेको संख्या पनि डर लाग्दो अवस्थामा रहेकाले त्यसलाई पनि निरुत्साहित गर्नु जरुरी छ। गत आर्थिक वर्षमा मात्रै ८० हजारभन्दा बढी महिलाले गर्भपतन गराएको तथ्यांक सार्वजनिक हुनुले पनि अवैधरूपमा गर्भपतन गराउने महिलाको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ। यसतर्फ ध्यान पुर्याउनु जरुरी भइसकेको छ।

– सविता आले, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्