फागुनमा तेस्रो निफ



तेस्रो नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ) राजधानीमा हुने भएको छ। बिहिबार राजधानीमाम आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराइएको हो।

आगामी फागुन १ देखि ५ गतेसम्म राष्ट्रिय सभा गृह तथा पर्यटन बोर्डको सभा कक्षमा हुन महोत्सव विश्वका कथाहरूको कथ्य उत्सव नाराका साथ सम्पन्न हुनेछ।

विगत वर्षका महोत्सवमा कथानक फिल्म मात्र प्रस्तुत गरिए पनि यस वर्ष एनिमेसन र वृत चित्रको विधा पनि थपिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

पत्रकार सम्मेलनमा प्रमूख अतिथी शहरी विकास राज्यमन्त्री तथा फिल्म व्यसायी रामवीर मानन्धरले अरूले गर्न लागेको काम सधै सजिलो लागेर गुनासो पोख्ने गरिने गरेको चर्चा गर्दै त्यस्को अन्त्य गरि अरूले सम्पन्न गर्न लागेको कार्यक्रममा आफ्नै सम्झेर सहयोग गर्नुपर्नेमा जोड दिए।

अभिनेता निर शाहले नेपालमा सिनेमाभन्दा सिनेमा संग सम्बन्धित कार्यक्रम धेरै हुने भएकाले ओभरहाईट डिमान्ड हुनुपर्ने भन्दा माथि भएको र अन्डरहाईट हुनु नपर्नेहरू धेरै तल गएको गुनासो गरे। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सबैले आफ्नो सम्झेर एकजुट भएर काम गरे ाम्रो हुने भए पनि अरूको कामलाई वास्ता नगर्ने बानीले कुनै पनि काम सफल नभएको जनाए।

कार्यक्रमका सभापति केपी पाठकले महोत्सवमा फिल्म प्रदर्शनका साथै अन्य विभिन्न विषयमा पनि छलफल हुने र छलफल अन्तर्गत अभिनेता राजेश हमालले आफ्नो अभिनय यात्राका अनुभब सुनाउने जानकारी दिए।

महोत्सवमा ६ सयभन्दा बढि फिल्ममध्ये छानिएका ८० फिल्मविच प्रतिस्पर्धा हुने। उनले जानकारी गराए। जसमा १० अन्तराष्ट्रिय फिल्म, ३५ लघु फिल्म, ५ नेपाली फिल्म, १५ नेपाली छोटो फिल्म, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन्।

अन्तराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड, वृतचित्रलाई १ हजार डलर सहित माउन्ट एभरेस्ट अवार्ड, एनिमेटेड फिल्मलाई ७ सय ५० डलर सहित मञ्जुश्री अवार्ड, लघु फिल्मलाई ५ सय डलरसहित वाग्मती अवार्ड प्रदान गरिने आयोजकले जानकारी गराए। महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्