गीतमा आयो लक्का जवान



लोकप्रिय हास्यव्यग्य अभिनेता शिवहरि पौडेलको लेखन तथा डेब्यु निर्देशन रहेको फिल्म लक्का जवानको शिर्ष गित मन त मेरो लक्का जवान बुधवार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

बाबुल गिरीको सँगीत तथा डिपी खनालको शब्द रहेको लोक शैलीको गित बाबुल गिरी र मीना निरौलाले गाएका छन्। हास्य कलाकारका साथमा लोकप्रिय कलाकारको जमात नै लिएर तयार पारिएको फिल्मको यस गीतमा सरोज खनाल, दिलीप रायमाझी, प्रिंयका कार्की, किरण केसी, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, शुशिल पोखरेल, सलोन बस्नेत, बर्षा शिवाकोटी, अञ्जु महर्जन, सविता गुरुङलगायतका फिल्मका प्रायः पुरै कलाकारलाई देख्न सकिन्छ।

गीतको भिडीयोमा कविराज गहतराजको कोरियाग्राफी रहेको छ।कार्यक्रममा बोल्दै फिल्मका लेखक तथा निर्देशक शिवहरी पौडेलले आफूले ३० वर्षको निर्देशन र कलाकारिताको मेहनत यो फिल्ममा लगाएको बताए।

‘अरूको फिल्ममा काम गर्दा जति सजिलो थियो, त्यति नै आफुले फिल्म निर्देशन गर्दा जटिल महशुष भयो। यदि फिल्मलाई दर्शकले साथ दिएमा यो क्षेत्रमा टिक्न सक्छु नत्र म पनि पलायन हुने अवस्थामा पुग्नेछु’ कार्यक्रममा उनले भने।

फिल्मका अभिनेता तथा कार्यकारी निर्माता किरण केसी ‘रातामकै’ ले आफ्नो अघिल्लो फिल्म शत्रुगते र दालभात तरकारी जती मेहनत गरेर बनाइएको थियो, त्यती नै मेहनतमा कुनै कन्जुस्याई नगरी काम गरेको बताए। त्यसैगरी नायिका वर्षा शिवाकोटीले फिल्ममा काम गर्दा सहज महसुश भएको र सजिलैसंग फिल्मको शुटिङ चलेको बताईन्।

सलोन बस्नेतले लक्काजवानमा पुराना हास्य कलाकारहरूसंग काम गर्दा आफु बालक नै रहेको महसुश भएको अनुभव सुनाए। अनुसुया श्रेष्ठ वन्त निर्मात्री रहेको लक्का जवानमा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौडेलल कार्यकारी निर्माता रहेका छन्।

आगामी चैत २१ गतेलाई रिलिज डेट तोकिएको फिल्ममा सरोज खनाल, प्रिंयका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, बर्षा शिवाकोटी, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ। काठमाडौं र पनौतीमा सुटिङ गरिएको फिल्ममा लगभग २ करोडको लगानी नाघिघिसकेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्