धुलिखेलमा भूकम्पकाे अभ्यास, सेनाले गर्‍यो उद्धार (फोटोफिचर)



मोतीराम तिमल्सिना, काभ्रे ।

सदरमुकाम धुलिखेलको ब्यस्त सरस्वती बजारमा एकाएक मान्छेहरुको कोलाहल मच्चियो । भूकम्प आयो भूकम्प आयो । सबै अक्क न बक्क भए । तुरुन्तै हेलिकप्टरको आवाज आयो । नेपाली सेनाको फौज उ उद्धारमा खटियो ।

सरस्वती बजारमा रहेको मिलन मिठाई पसलको छतबाट एकाएक सेनाहरु डोरीमा तल झरे । घर भित्र रहेका विरामीहरुलाई स्टेचरमा राखेर डोरीमै बाहिर निकाले । कोहि विरामी स्ट्रेचर विना नै डोरीमा राखेर तल पठाए । स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । विरामीलाई प्राथमिक उपचारका लागि प्रयास गरियो । श्वास प्रश्वासमा समस्या भएको विरामीलाई मुखबाटै श्वास दिने सक्दो प्रयास भयो । तर पनि उपचार सम्भव नभए पछि सेनाले एम्बुलेन्स मार्फत अस्पताल पठायो । उक्त दृश्य हेर्न सयौं ब्यक्तिहरुको भिड लागिसकेको थियो । सेना, प्रहरी र ट्राफिकले त्यसको ब्यवस्थापन गरिरहँदा जनप्रतिनिधि र कर्मचारीहरुले सेनाको साहसिक उद्धारलाई जिब्रो काट्दै ताली बजाएर समर्थन गरेका थिए ।

भूकम्प सुरक्षा दिवसको अवसरमा धुलिखेलमा नेपाली सेना विष्णु दल गण धुलिखेलले भूकम्प गए पछि कसरी सुरक्षित हुने र कसरी उद्धार गर्ने भन्ने विषयमा डेमो प्रर्दशन गरेको थियो । सेनाको डेमो प्रर्दशनले भूकम्पमा उद्धार गर्न अथार्त विपद् ब्यवस्गापनमा तत्काल उद्धार गर्न आवश्यक सामाग्रीहरुको ब्यवस्थापनका साथै विधी र तत्काल गर्नु पर्ने तयारी र आवश्यकताका बारेमा जानकारी गराईएको थियो ।

समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय प्रमुख तारानाथ लुईटेल, उद्योग बाणिज्य संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, विभिन्न कार्यालयका प्रमुखहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका प्रमुख मोतीराम तिमल्सिना, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्याल, शशस्त्र प्रहरी गुल्म काभ्रे हेडक्वाटरका एसपी पुरुषोतम थापा, नेपाली सेना विष्णु दल गणका सेनानी लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले धुलिखेल नगर परिक्रमा गरी भूकम्प सुरक्षा सम्वन्धी कसरी बच्ने भन्ने विषयमा सचेतना गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्