स्याङ्जाकी एक युवतीले जन्माइन् चम्ल्याहा शिशु



न्युज अफ नेपाल, पोखरा ।

स्याङ्जाकी एक युवतीले चम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार पोखराको मनिपाल शिक्षण अस्पतालमा ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् ।

शल्यक्रियामार्फत उनले चार शिशुलाई जन्म दिएको चिकित्सकले जनाएका छन् । डा. महेन्द्र पाण्डेको नेतृत्वमा ७ जना चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोलीले शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । यस्तै, आमा र चारैजना नवजात शिशुको स्वास्थ्य अवस्था ठीक रहेको चिकित्सकले बताए ।

चिकित्सकका अनुसार पहिलो बच्चा छोरी जसको तौल डेढ केजी रहेको थियो उनलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको थियो ।

भिडियो एक्सरेमा तीनवटा बच्चामात्रै देखिए पनि शल्यक्रिया गर्दा चारवटा भेटिएको चिकित्सकले बताएका छन् । गत आइतबार भर्ना भएकी सुनिताको यसअघि एक ५ वर्षीय छोरा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्