प्रहरीमाथि गायिका आस्था राउतकाे आक्रोश: ‘प्रहरी मेरो साथी अभियान हटाए हुन्छ’



न्युज अफ नेपाल, काठमाण्डौँ ।

गायिका आस्था राउतले झापाको भद्रपुर विमानस्थलमा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले दुव्र्यवहार गरेका भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छन् ।

प्रहरीले आफूप्रति गरेका व्यवहारमा आक्रोश पोख्दै गरेको राउतको भडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै राउत आक्रोशित भएकी छन् ।

उनले भनेकी छन् –‘ मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

, ‘महिलाले महिलाको सम्मान गर्दैन, कलाकारको सम्मान छैन । प्रहरी मेरो साथी अभियान हटाए हुन्छ ।’उनले भनिन्

एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्रो व्यवहार गर्दैनन्, तबसम्म माथिकाले हजूर भनेर के काम ?’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्