नेवानि भ्रमण वर्षको आधिकारिक वायुसेवा



काठमाडौं, (नेस)।

नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवामा नेपाल वायुसेवा निगम तोकिएको छ। निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएसँगै नेवानि आधिकारिक विमान सेवा रहेको हो।

नेपाल भ्रमण वर्षलाई सहयोग गर्न दुई संस्थाबीच विविधि कार्य गर्ने साझेदारी गर्ने पनि भएको छ। सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ।

भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन्। नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ।

सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्