स्याङ्जामा बजाजको नयाँ शोरुम



नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले स्याङ्जामा नयाँ शोरुम अर्पण इन्टरप्राइजेजको शुरुआत गरेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–‘हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।

स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्