भीमसेन मन्दिर पुनर्निर्माणका लागि इन्भेष्टमेन्ट बैंकद्वारा ५० लाख सहयोग



भीमसेन मन्दिर पुनर्निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ।

भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित व्यापारीवर्गको आराध्य देवताको रुपमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघसंस्था, मंगलटोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत आर्थिक स्रोत जुटाउने गरी मन्दिरको पुनर्निर्माणको कार्य भइरहेको छ।

‘हाम्रो सम्पदा हामी आफैं बनाउन’ भन्ने नाराका साथ काठमाडौ भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपनबाहेक ४ करोड ९३ लाख रुपियाँको अनुमानित लागतमा शुरु गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिबद्धता अनुरुप हाललाई ५० लाख रुपियाँको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डेमार्फत हस्तान्तरण गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्