नबिल बैंकले थप २३ स्थानमा शाखा खोल्यो



नबिल बैंकले थप २३ स्थानमा शाखा सञ्जाल बढाएको छ। बैंकले प्रदेश नम्बर १ अन्तर्गत इनरुवा, विराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट प्रदेश नम्बर २ अन्तर्गत र्मिचैया, गोलबजार, शिराहा र चन्द«पुर नयाँ शाखा खुलेका छन्।

त्यस्तै प्रदेश नम्बर ३ अन्तर्गत कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा, प्रदेश नम्बर ४ अन्तर्गत गैंडाकोट, दलदले र कावसोती, प्रदेश नम्बर ५ अन्तर्गत चन्द«ौटा, बर्दाघाट र मणिग्राममा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ।

सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको नबिल बैंकको १०२ शाखा, १४३ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट छन्।

प्रतिक्रिया दिनुहोस्