गुडविल फाइनान्सको लाभांश पारित



गुडविल फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भयो। उक्त वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आव २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा २७ प्रतिशतले वृद्धि गरी रु. ६ अर्ब ८९ करोड, ५६ लाख १३ हजार रुपियाँ तथा कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी ५ अर्ब ९० करोड ३१ लख २२ हजार पुर्याएको छ। सभाले कम्पनीको आव २०७५/०७६ को आयव्यय विवरण तथा उक्त आवको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले ७ वर्ष अवधिको १२ प्रतिशत ब्याजदरमा ६/६ महिनामा ब्याज भुक्तानी हुने गरी प्रतिडिवेन्चर एक हजारका दरले कुल २५ करोड रुपियाँ बरावरको गुडबिल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो।

हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

संस्थाको २५औं साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ। जसअन्र्तगत संस्थापक शेयरधनीको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला सञ्चालक) तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, रमेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्