एम्बाप्पे विश्वकै महँगा खेलाडी



लन्डन, (एजेन्सी)।

दि सीआईईएस फुटबल अब्जरभेटोरीका अनुसार फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने क्लियन एम्बाप्पे विश्वको सर्वाधिक महँगा खेलाडी बनेका छन्।

दि सीआईईएस फुटबल अब्जरभेटोरीले यस वर्ष एम्बाप्पेको मूल्य २ सय २५ मिलियन पाउन्ड तोकिएको छ। एम्बाप्पेलाई पछिल्लो वर्ष इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मेड्रिडले क्लबमा अनुबन्ध गर्न २ सय २५ मिलियन पाउन्ड मूल्य तोकिएको उल्लेख छ।

इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका जाडोन सान्चो चौथो स्थानमा रहेका छ्। उनलाई पछिल्लो समय दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले अनुबन्धका लागि १ सय ४३ मिलियन पाउन्ड तोकेको छ।

दि सीआईईएस फुटबल अब्जरभेटोरीको अनुसन्धानले इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा आधारित रहेर क्लब, स्थान र उमेरका आधारमा यो अनुसन्धान तयार पारेको हो।

यस्तै अनुसन्धानमा उनीहरुको सम्झौता अवधि, राष्ट्रियता र क्लबहरुको आर्थिक स्तरले पनि खेलाडीको मूल्यबारे आँकलन गरिएको छ।
उनीभन्दा पछि इंग्ल्यान्ड तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ रहेका छन्।

उनको मूल्य १ सय ९० मिलियन पाउन्ड तोकिएको छ। इजिप्ट तथा प्रिमियर लिग लिभरपुलका मोहमद सलाह १ सय ४९ मिलियन पाउन्डसहित तेस्रो स्थानमा रहेका छन्।

महँगा १० खेलाडी

क्लियन एम्बाप्पे (२२५ मिलियन पाउन्ड)
रहिम स्ट्रलिङ (१९० मिलियन पाउन्ड)
मोहम्मद सलाह (१४९ मिलियन पाउन्ड)
जाडोन सान्चो (१४३ मिलियन पाउन्ड)
साडियो माने (१३२ मिलियन पाउन्ड)
ह्यारी केन (१२८ मिलियन पाउन्ड)
मार्कुस रास्फोर्ड (११४ मिलियन पाउन्ड)
लियोनेल मेसी (१०७ मिलियन पाउन्ड)
एन्टोइन ग्रिजमन (१०५ मिलियन पाउन्ड)
लोउटारो मार्टिनेज (९८ मिलियन पाउन्ड)

प्रतिक्रिया दिनुहोस्