तिब्बत एकता सम्बन्धी नयाँ कानुन लागु हुने



बेइजिंग,( एजेन्सी ) ।

चीनले तिब्बत स्वशासित क्षेत्रमा पहिलोपटक जातीय एकतालाई सम्वोधन गर्ने किसिमको नयाँ कानून निर्माण गरेको छ। यसले दुर्गम हिमालय क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका हुने बताइएको छ।

ग्लोबल टाइम्सका अनुसार तिब्बतको जन कंग्रेसले शनिबार यो विधेयक पारित गरेको हो। चीनको आधिकारिक समाचार ननिकाय सिन्ह्वाका अनुसार यो कानुन १ मे देखि लागू हुने भएकोे छ।

नयाँ कानूनलाई उदृत गर्र्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘तिब्बत प्राचीन कालदेखि चीनको अभिन्न अंग रहँदै आएको छ। साथै नयाँ कानूनमा क्षेत्रीय एकता सुरक्षित गर्नु सबै जातीय समूहका मानिसहरुको संयुक्त दायित्व रहेको स्पष्ट पारिएको छ।

त्यस्तै कानुनमा जातीय एकतालाई सुदृढ गरिनुपर्ने र तिब्बतलाई अलग गराउने कुनै पनि कार्यका बिरूद्ध स्पष्ट अडान लिनुपर्नेमा जोड दिइएको छ। ’यस नयाँ कानुन घोषणा भए लगत्तै तिब्बत सामाजिक विज्ञान प्रतिष्ठानको समकालीन अध्ययन संस्थानका उपप्रमुख पेन्पा लाहोले चीनको स्वायत्त क्षेत्रको जातीय एकतामा यो पहिलो कानून हो भएको प्रतिक्रिया दिएका छन्।

हाल तिब्बतमा ४० भन्दा बढी जातीय अल्पसंख्यक समुदाय रहेका छन्। यो कुल जनसंख्या ३० लाखको ९५ प्रतिशत हुन आउँछ। गत वर्षको अप्रिलमा तिब्बतका धार्मिक् गुरु दलाई लामाले आफुहरु तिब्बतलाई अलग्याउने काममा नलागेको स्पष्ट पारेका थिए।

साथै तिब्बतका जनताले सन् १९७४ सालदेखि चीनसँग पारस्परिक रूपमा स्वीकार्य हुने किसिमको समाधान खोजिरहेका छन्। लामाले भने आरोप बेइजिंग तिब्बती जनताको मागलाई विचार गर्न तयार नदेखिएको आराप लगाउँदै आएका छन्।

दलाई लामाले पटक पटक धेरै फोरममा आफु तिब्बतलाई चीनबाट अलग्याउने पक्षमा नरहेको दाबी गर्दै आएपनि चीन उनका गतिविधिहरुबाट शसंकित रहँदै आएको छ।

यसैगरी विविसिले चीन सरकारले पुनर्शिक्षा तालिम केन्द«मका नाममा खोलिएका बदनाम शिविरहरुमा सन् २०१७ देखि हजारौं कजाख मुश्लिमहरुलाई थुनेर राखेको जनाएको छ। त्यस्त शिविरमा बसेर चीनबाट आफ्नो मुलुक कजाखस्तान फर्केक व्यक्तिहरुले महिनौं सम्म आफुहरुलाई त्यहाँ बिना कारण थुन्ने क्रममा कुटपिट लगायत अज्ञात इन्जेक्सन दिने गरेको बताएका छन्।

कजाख , उइघुर र अन्य मुशिलम अलपमत समुहका मानिसहरु शताब्दियौं देखि चिनिया –कजाख सिमा क्षेत्रमा स्वतन्त्र रुपमा ओहर दोहर गर्दै आइरहेका हुन्। तर चीनले भने त्यस्ता शिविरहरु बन्द भइसकेको र नियनत्रणमा लिइएका सबै मुक्त भइसकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्