हाम्रो अलग पहिचान छ : ताइवानी राष्ट्रपति ,चीनलाई हमला महंगो पर्ने चेतावनी



ताइपेइ (एजेन्सी)।

ताइवानकी राष्ट्रपति साई इंग वेनले ताइवानमाथि हमला गर्नु चीनलाई अत्यन्तै महँगो पर्ने चेतावनी दिएकी छन्। बीबीसीलाई दिएको एक अन्तरवार्तामा चीनले अब सत्यको सामना गर्नु पर्ने र ताइवानलाई इज्जत दिनु पर्ने उनले बताएकी छन्।

डेमोक्र्याटिक प्रोगेसिव पार्टीकी साई इंग वेन शनिबार आएको आम निर्वाचनको नतिजामा अत्यधिक मतले जित हासिल गर्दै ताइवानका राष्ट्रपतिमा निर्वाचित भएकी छन्। आफनो चुनावी अभियानमा उनले चीनबाट आइरहेको खतरामा नागरिकको ध्यान केन्द्रित गराउने सघन प्रयास गरेकी थिइन।

चीनको सत्ताधारी कम्युनिस्ट पार्टी ताइवानमाथि आफनो अधिकार दावी गर्दै आइरहेको छ। चीन सरकारले आवश्यक परेमा बेइजिङसँग ताइवानलाई बलपुर्वक विलय गराउने अधिकार रहेको चेतावनी पनि दिने गरेको छ।

साई इंगले ताइवान सम्प्रभुतालाई लिएर कुने पनि स्थितिमा सम्झौता गर्न नसकिनेमा जोड दिएकी छन्। ६३ बर्षिय वेनले भनिन्– हामीलाई आफैं एक स्वतन्त्र देश घोषित गर्न आवश्यक छैन। हामी पहिले देखि नै एक स्वतन्त्र राष्ट्र हौं र आफुलाई रिपब्लिक अफ चाइना, ताइवान भन्ने गर्छौं।

वेनको यस विचारलाई चीनले कडा आपत्ती जनाउँदै आएको छ। चीनले ‘वन चाइना पलिसी‘ एक चीन नितिलाई सधैं प्रासगिंक हुनु पर्नेमा जोड दिन्छ। राष्ट्रपति चुनावमा वेनका प्रतिद्वन्द्वि खान ग्वो यी र उनको पार्टी कुओमिन्टाग पनि ‘एक चीन निति‘का समर्थक हुन्।

चीनको एक चीन निति अनुसार कुटनितिक रुपमा एक चिनियाँ स्विकार गर्नु हो। चीनले ताइवानको एकिकरणलाई लिएर एक देश दुई सरकारको नितिलाई अघि सारेको छ। जसलाई ताइवानका नेता वेन र उनको पार्टीले लगातार अस्विकार गर्दै आइरहेको छ।

वेन भनिन्– हाम्रो अलग पहिचान छ र हामी अलग राष्ट्र हौ.। यदि यसको विरद्ध कुनै विचार उठ्छ भने यसको विरोधमा म उठ्ने छु। चीन यसलाई स्विकार गर्दैन। हामी एक सफल लोकतन्त्र हो। हामी उक राम्रो अर्थब्यवस्था छ र हामी चीनको सम्मानका लागि योग्य छौ।

प्रतिक्रिया दिनुहोस्