तरलता सुधारको प्रभाव पुँजी बजारमा



नेपाल समाचारपत्र, काठमाडौं।

बैंकिङ प्रणालीमा तरलता समस्या समाधान हुनुका साथै कर्जाको ब्याज दरमा समेत न्यून हुन थालेपछि पुँजी बजारको क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्न थालेको छ।

पछिल्लो दुई साताको अवधिमा केही दिन आरोलो लागे पनि अधिकांश दिन शेयर बजारमा वृद्धि हुन देखिएको छ। यसै क्रममा माघ महिनाको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ।

पछिल्ला दिनमा परिसूचकसँगै कारोबार रकममा पनि भारी सुधार भएको छ। परिसूचकमा गिरावट आएको दिन पनि झण्डै एक अर्ब रुपियाँको हाराहारीमा कारोबार भएको छ। शेयर बजारमा सुधार हुनुका पछाडि राजनीतिक कारण पनि रहेको सरोकारवालाले बताएका छन्।

शेयर बजारप्रति अनुदार रहेको भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल थप नहुने हल्ला चलेसँगै शेयर बजारमा सुधार देखिएको हो। नेप्सेका अनुसार बुधबार परिसूचक २० दशमलव ८५ अंकले बढेर १२८४ दशमलब २३ बिन्दुमा पुगेको छ।

कुल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरिद बिक्री भएको छ। यस दिन कारोबारमा आएका १२ समूहमध्ये तीन उपसमूह वृद्धि भएको छन्। जसमा होटल समूह ३ दशमलब ५४ अंक, उत्पादन समूह १६ दशमलब शून्य ६ अंक र अन्य उपसमूहको शेयर शून्य दशमलब ८४ अंकले घटेको छ।

त्यस्तै बैंकिङ समूह २७ दशमलब १६ अंक, व्यापार समूह ६३ दशमलवब ४७ अंक, विकास बैंक समूह ३५ दशमलब ४२ अंक, जलविद्युत् समूह ४ दशमलवब २९ अंक, फाइनान्स समूह २० दशमलब १२ अंक, निर्जीवन जीवन बीमा समूह २३ दशमलब ६३ अंक, लघुवित्त समूह २७ दशमलवब २ अंक, जीवन बीमा समूह ८१ दशमलब शून्य ७ अंक र सामूहिक लगानी कोष समूह शून्य दशमलब शून्य ६ अंकले बढेको छ।

बुधबार सबैभन्दा बढी एनआईसी एसिया बैंकको शेयर कारोवार भएको छ। यस बैंकको शेयर ७ करोड ४० लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।यस्तै एनएमबि बैंकको ३ करोड १८ लाख, नेपाल बैंकको २ करोड ९० लाख रुपियाँको कारोबार भएको छ। बुधबारको कारोबारमा सबैभन्दा बढी विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन्।

यस कम्पनीको शेयर मूल्य ९ दशमलब ९८ प्रतिशतले वृद्धि भएको छ। यस्तै रिलायन्स फाइनान्सको शेयर मूल्य ९ दशमलब ९२ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलब ८८ प्रतिशत, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलब ८५, पाँचथर पावर कम्पनीको ९ दशमलब ७६ र पञ्चकन्या माई हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको ९ दशमलब ४७ प्रतिशतले शेयर मूल्यले वृद्धि भएको छ।

समग्र परिसूचकमा दोहोरो अंकको वृद्धि हुँदा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य ७ दशमलब २७ प्रतिशतले घटेको छ।। उता सेन्सेटिभ परिसूचक पनि ४ दशमलब ६८ अंकले बढेर २७८ दशमलब ९७ प्रतिशतमा पुगेको छ।

शेयर बजारमा सुधार हुनुका पछाडि राजनीतिक कारण पनि रहेको सरोकारवालाले बताएका छन्। शेयर बजारप्रति अनुदार रहेको भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल थप नहुने हल्ला चलेसँगै शेयर बजारमा सुधार देखिएको हो।

 

प्रतिक्रिया दिनुहोस्